होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ असार । राष्ट्रिय सभाको आजको बैठकको शून्य सयममा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय धान दिवस मनाइरहँदा  पानी, मल, बीउको अभाव हुन नदिनेतर्फ सचेत बन्नुपर्ने सुझाव समेत दिए ।
सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमवासीको माग सम्बोधन गर्न  सरकारको ध्यानाकर्षण गराए । सांसद जगत तिमिल्सिनाले रास्वपाको पार्टी सदस्यतातर्फ संकेत गर्दै नेपालको संविधान, बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिन निषेध गरेको बताए ।  रोशनी मेचेले पनि दलको सदस्य हुनका लागि १८ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था रहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद मीना सिंह रखालले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउका अभाव हुन दिन नहुनेतर्फ सरकार सचेत बन्नुपर्ने बताइन् ।सांसद रञ्जित कर्णले सप्तरी राजविराजमा लाजपुर्जाको माग गर्दै  आन्दोलनरत किसानको माग सम्बोधन गर्न आग्रह गरे ।
सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालिन सेतो नम्बर प्लेटको गाडीमा रातो प्लेट राखेर राज्यस्रोतको दोहन गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद वासुदेव घिमिरेले हालैको १२ कक्षाको परीक्षामा केही त्रुटि देखिएकामा आपत्ति जनाए । सम्झना देवकोटाले गोरखा जिल्लाको हिमाली क्षेत्रमा दुई नाका भए पनि दुवै नाका बन्द भएकाले जनजीवन कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पर्यटकीय पदमार्गका लागि मात्रै भए पनि नाका खोलाउन माग गरिन् । सांसद सोमनाथ पोर्तेलले सुपारीको निर्यातमा रोकिएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै सुपारीको ‘डीएनए’ परीक्षण गर्ने निर्णय तत्काल फिर्ता लिएर किसानलाई सहयोग गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Mental Health Awaress
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८...