काठमाडौं, १४ असार । गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा पहुँच राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। उनले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।




