हेटौंडा-काठमाडौं जोड्ने चित्लाङ-थानकोट सडक दुईसाता बन्द

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १७ जेठ । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको चित्लाङ-थानकोट सडकमार्गमा आइतबारदेखि सवारी साधन आवागमन बन्द गरिने भएको छ । चित्लाङ–र-थानकोट मार्ग (गणेशमान मार्ग) निर्माण सुधारका क्रममा जेठ १७ गतेदेखि ३० गतेसम्म अर्थात्  १४ दिनसम्म सवारी साधनको आवागमन बन्द गरिने भएको हो । निर्माण कम्पनीबाट सडक ढलान, कालोपत्र, टेवा पर्खाल निर्माणलगायतका निर्माण कार्य गर्न सवारी साधनको आवागमन बन्द गर्न लागेको सडक डिभिजन काठमाडौंले जनाएको छ ।
थानकोट-चित्लाङ सडक निर्माण सुधार कार्य सञ्चालन भइरहेको र उक्त सडक खण्डको भौगोलिक अवस्थाका कारण निर्माणस्थल हुँदै सवारीसाधनहरु आवतजावत गर्दा निर्माण कार्यमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम समेत बढ्ने भएकोले सवारी आवागमन बन्द गरेर काम गर्न लागेको सडक डिभिजन काठमाडौंका इन्जिनियर पुरुषोत्तम भण्डारीले जानकारी बताए । ‘कालोपत्र र ढलान गरी करिब साढे सात किमि सडक खण्डमा काम हुने छ,’ उनले भने ।
टेवा पर्खाल निर्माण, कालोपत्रे र ढलान हुने भागमध्ये मकवानपुरतर्फ करिब १९ सय मिटर र बाँकी काठमाडौंतर्फको खण्डमा काम हुनेछ । निर्माण कम्पनीमार्फत तीन-चार स्थानमा टेवा पर्खाल निर्माण र १२ सय मिटर ढलान गरिने छ । सडक स्तरोन्नतिका क्रममा काठमाडौंको पानीघट्टदेखि मकवानपुरको चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रुपमा सडक बन्द हुने भएको छ । उक्त अवधिमा सवारी आवागमनका लागि वैकल्पिक बाटो प्रयोग गर्ने गरी आवश्यक सहजीकरण गरिदिन थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकालाई सडक डिभिजन काठमाडौंले आग्रह गरेको छ ।

शनिबारदेखि हेटौंडा-कुलेखानी-फाखेल-फर्पिङ सडकमा पनि सवारी साधन आउजाउ गर्न रोक लगाइएको छ । कुलेखानी-फाखेल सडक खण्डको महालक्ष्मी खोलामा निर्माणाधीन पुल र पुलको पहुँच मार्गमा ढलान गर्नुपर्ने भएकाले एक महिनाका लागि उक्त सडकमा सवारी साधन आउजाउ गर्न रोक लगाएको हो । हेटौंडाबाट काठमाडौं आउजाउ गर्ने छोटो दुरीको वैकल्पिक मार्ग कुलेखान-सिस्नेरी-दक्षिणकाली सडक खुला रहेको छ । छोटो दुरी भएर आउजाउ गर्ने सवारी साधनहरु कुलेखानी-सिस्नेरी-दक्षिणकाली प्रयोग गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिशूलीनदीमा तुइन निमार्ण सुरु

काठमाडौं, १७ भदौ । बाग्मती प्रदेशका सरकारले भोटेकोशीमा आएको भीषण बाढीपछिको असहज अवस्थालाई मध्यनजर गर्दै त्रिशूली नदीमा तुइन...

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

काठमाडौं, १७ भदौ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई...

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...