एसइई आजबाट

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १९ चैत । यसवर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) आजबाट (बिहीबार) सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा लिने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।

चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने उनले जानकारी दिए । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य ७ जना परीक्षार्थी रहेका छन् ।

परीक्षामा कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेश प्रदेशबाट ९० हजार २४३ जना, वागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदुर पश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछन् ।

बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो ।पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्विर लिन मिल्ने जानकारी दिदै उनले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश...

त्रिशूलीनदीमा तुइन निमार्ण सुरु

काठमाडौं, १७ भदौ । बाग्मती प्रदेशका सरकारले भोटेकोशीमा आएको भीषण बाढीपछिको असहज अवस्थालाई मध्यनजर गर्दै त्रिशूली नदीमा तुइन...

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

काठमाडौं, १७ भदौ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई...

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...