भक्तपुरमा दशौँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १९ चैत । नयाँवर्ष २०८३ तथा बिस्का जात्राको अवसर पारेर भक्तपुरमा दशौँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना गरिने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा महोत्सव भक्तपुरस्थित सल्लाघारीमा यही चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दिपक थापाले जानकारी दिए । महोत्सवमार्फत उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिनेछ ।

महोत्सवमा १८० भन्दा बढी प्रदर्शनीकक्ष रहनेछन् । ती प्रदर्शनीकक्षमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिने आयोजकले जनाएका छन् ।

महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’को प्रतिकृति (स्ट्याचु) राखिनेछ भने बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनको व्यवस्था गरिनेछ । साथै विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक प्रस्तुति (विशेष कन्सर्ट) आयोजना गरिने जनाइएको छ । महोत्सवअन्तर्गत आगामी वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागी विशेष कन्सर्ट कार्यक्रम आयोजना हुने जनाइएको छ ।

आयोजक संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महोत्सवमा पाँच करोडभन्दा बढीको आर्थिक कारोबार हुने र करिब दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार

काठमाडौं, ०३ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका...

बाल सुधारगृह सुधारको लागि ४ बुँदे निर्देशन

काठमाडौं, ०३ साउन । संसदीय समितिले देशभरका बाल सुधारगृहको भौतिक पूर्वाधारमा सुधार, क्षमता अभिवृद्धि र बालबालिकाको पोषण व्यवस्थापनमा...

जानकारी लिएर मात्रै सवारी साधन सडकमा निकाल्न काठमाडौँ प्रशासनको अनुरोध

काठमाडौं, ०२ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय  बाढीपहिरो, डुबानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा...

९ बुँदे सहमतिपछि मिटरब्याज विरुद्धको आन्दोलन स्थगित

काठमाडौं, ०२ साउन । ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित...