ललितपुर महानगरपालिकामा वातावरण भ्यान

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, १९ चैत । ललितपुर महानगरपालिकाले बिहीबार ‘वातावरण भ्यान’ को शुभारम्भ गरेको छ। उक्त कार्यक्रमको उद्घाटन महानगरका मेयर चिरीबाबु महर्जनले गरेका हुन्छ । वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस भ्यानमार्फत् महानगर क्षेत्रमा अनुगमन र कारबाहीलाई थप सशक्त बनाइने जानकारी दिएको छ।
यस अभियानमा वातावरण प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। उनीहरूले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिकजन्य वस्तु जलाउन रोक्ने, अत्यधिक धुवाँ फाल्ने सवारी साधन तथा उद्योगहरूको अनुगमन गर्नेछन्।

साथै, जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित रूपमा विज्ञापन टाँस्ने तथा रूखबिरूवा क्षति पुर्‍याउने कार्यमा कडाइका साथ कारबाही गरिनेछ।महानगरपालिकाले यस पहलले स्वच्छ, हरित र व्यवस्थित ललितपुर निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने नगर प्रहरी प्रमुख सताराम हाछेथुले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं, १८ भदौ । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ...

रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १२ सय ५२ पुग्यो, ४२ सय १६ सम्पर्कबिहीन

काठमाडौं, १८ भदौ । रसुवा बाढीमा मृत्यु हुनेको संख्या एक हजार २५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश...