ललितपुर महानगरपालिकामा वातावरण भ्यान

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, १९ चैत । ललितपुर महानगरपालिकाले बिहीबार ‘वातावरण भ्यान’ को शुभारम्भ गरेको छ। उक्त कार्यक्रमको उद्घाटन महानगरका मेयर चिरीबाबु महर्जनले गरेका हुन्छ । वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस भ्यानमार्फत् महानगर क्षेत्रमा अनुगमन र कारबाहीलाई थप सशक्त बनाइने जानकारी दिएको छ।
यस अभियानमा वातावरण प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। उनीहरूले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिकजन्य वस्तु जलाउन रोक्ने, अत्यधिक धुवाँ फाल्ने सवारी साधन तथा उद्योगहरूको अनुगमन गर्नेछन्।

साथै, जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित रूपमा विज्ञापन टाँस्ने तथा रूखबिरूवा क्षति पुर्‍याउने कार्यमा कडाइका साथ कारबाही गरिनेछ।महानगरपालिकाले यस पहलले स्वच्छ, हरित र व्यवस्थित ललितपुर निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने नगर प्रहरी प्रमुख सताराम हाछेथुले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...