३५ हजार ५१६ क्याप्सुल ट्रामाडोलसहित ४ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ चैत । ३५ हजार ५१६ क्याप्सुल ट्रामाडोलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले चार जनालाई लागुऔषध ट्रामाडोलसहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेहरुमा नुवाकोट शिवपुरी-६ का ३५ वर्षीय सुरेश तामाङ, दोलखाका २२ वर्षीय सञ्जिब घिसिङ, धनुषाका २२ वर्षीय सुरेन्द्रकुमार रौनिहार र काठमाडौंका २३ वर्षीय रोहित राना मगर छन्।
सुरेशबाट प्रहरीले सबैभन्दा धेरै ट्रामाडोल बरामद गरेको हो। उनीबाट ३१ हजार ८०० वटा ट्रामाडोल बरामद भएको थियो। बाँकीबाट अन्य बरामद गरेको हो।
सुरेश र रोहित लागुऔषध मुद्दामै यसअघि पनि पक्राउ परेका व्यक्ति हुन् । उनीहरू भदौ २४ गते जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश...

त्रिशूलीनदीमा तुइन निमार्ण सुरु

काठमाडौं, १७ भदौ । बाग्मती प्रदेशका सरकारले भोटेकोशीमा आएको भीषण बाढीपछिको असहज अवस्थालाई मध्यनजर गर्दै त्रिशूली नदीमा तुइन...

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

काठमाडौं, १७ भदौ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई...

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...