भक्तपुर, १७ चैत । मध्यपुर थिमी नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क निमोनिया भ्याक्सिन दिने भएको छ । नगरपालिकाको ३० औ स्थापना दिवसको अवसरमा १ हजार जना जेष्ठ नागरिक सदस्यलाई निमोनिया भ्याक्सिन लगाउन सुरु गरेको नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रीकृष्ण प्रजापतिले जानकारी दिए ।
निमोनिया विरुद्धको खोप चैत १८ बुधबारदेखि २७ गतेसम्म दिइने सूचना सार्वजनिक गरेको छ । खोप लगाउन आउँदा नगरपालिकाबाट वितरण गरेको सामाजिक सुरक्षा भत्ता परिचयपत्र वा उमेर तथा स्थायी बासिन्दा खुल्ने कागजात र परिवारको सदस्य १ जना लिएर आउन ज्येष्ठ नागरिकलाई नगरपालिकाले अनुरोध गरेको छ ।


