पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफसमेत माग गर्ने आदेश गरेको हो । न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश गरेको हो ।

यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको निवेदनमा पनि कारण देखाउ आदेश जारी गरेको थियो । अदालतले उनीहरुलाई पक्राउ गर्नुको कारणसहित बहसका लागि अदालत उपस्थित हुन सरकारी पक्षलाई पनि भनेको छ ।

ओलीका तर्फबाट श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् । शनिबार प्रहरीले २३ र २४ भदौको घटनामा छानबिनका लागि ओली र लेखललाई पक्राउ गरेको थियो । त्यसविरुद्ध परिवारले सर्वोच्चमा गैरकानुनी रुपमा थुनामा राखेको भन्दै निवेदन दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

९ बुँदे सहमतिपछि मिटरब्याज विरुद्धको आन्दोलन स्थगित

काठमाडौं, ०२ साउन । ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित...

आश्रम आश्रित बालबालिकाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं, ०२ साउन । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौंबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरुको उपचारका...

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...