पूर्वगृहमन्त्री लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइयो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ चैत । शनिबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आइतबार अदालत उपस्थित गराइएको हो । न्यायाधीश आनन्द श्रेष्ठ कहाँ म्याद थपकाे पेसी रहेकाे स्रेस्तेदार तीर्थ भट्टराईले बताए । यसअघि उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो ।

भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि भन्दै सरकारले लेखकलाई उनकै निवास भक्तपुर कटुन्जेबाट पक्राउ गरेको थियो । आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।लेखकलाई नेपाल प्रहरीले २ नं गण महाराजगन्जको हिरासतमा राखिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...