पूर्वगृहमन्त्री लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइयो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ चैत । शनिबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आइतबार अदालत उपस्थित गराइएको हो । न्यायाधीश आनन्द श्रेष्ठ कहाँ म्याद थपकाे पेसी रहेकाे स्रेस्तेदार तीर्थ भट्टराईले बताए । यसअघि उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो ।

भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि भन्दै सरकारले लेखकलाई उनकै निवास भक्तपुर कटुन्जेबाट पक्राउ गरेको थियो । आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।लेखकलाई नेपाल प्रहरीले २ नं गण महाराजगन्जको हिरासतमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं, १८ भदौ । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ...

रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १२ सय ५२ पुग्यो, ४२ सय १६ सम्पर्कबिहीन

काठमाडौं, १८ भदौ । रसुवा बाढीमा मृत्यु हुनेको संख्या एक हजार २५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश...