पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जा तथा सिचाइँमन्त्री दीपक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेको छ।
सीआईबीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो । २४ भदौमा भएको तोडफोड र आगजनीमा खड्कासहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो तथा तस्बिर बाहिरिएका थिए।
त्यसको विधिविज्ञान प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाएको अनुसन्धानपछि विस्तृत रूपमा हेर्न सीआईबीमा फाइल पठाएकामा खड्का पक्राउ परेका हुन्। खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका बेला जलविद्युत् आयोजनाको लाइसेन्स दिँदा र ठेक्का लगाउँदा विवादमा मुछिएका थिए ।
जलस्रोत उत्पादनको लाइसेन्स र ठेक्का दिलाउन ‘मन्त्री क्वार्टर र मन्त्रालयमै बसेर’ चेक लेनदेन गरेको आरोप उनीमाथि लागेको थियो । तर, उनीमाथि अनुसन्धान हुन सकेको थिएन । लैनचौरस्थित नेपाल स्काउटको जग्गा हिनामिनामा पनि उनी मुछिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आइतबार बागमती प्रदेश सभाको बैठक आव्हान

काठमाडौं, ४ चैत । बागमती प्रदेश सभाको बैठक आव्हान गरिएको छ । ६ बैशाख आइतबार बिहान ११ बजे...

भक्तपुर नगरभित्र सञ्चालित विद्यालय पूर्ववत् रूपमै सञ्चालन हुने

भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने भएका छन् । नगर...

शनिबार सल्लाघारीमा विषेश कन्शर्ट

भक्तपुर, ४ वैशाख । वैशाख ५ गते (शनिबार) भक्तपुरको सल्लाघारीमा विषेश कन्शर्ट हुने भएको छ । भक्तपुर औद्योगिक...

सुजन बाग श्रेष्ठले चौथो पल्ट जिब्रो छेडाए

भक्तपुर, २ वैशाख । मध्यपुर थिमि नगरपालिका-८ बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेड्ने...