ओली पक्राउविरूद्ध एमालेको प्रदर्शन : एक घाइते, चार जना गिरफ्तार

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ चैत । पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा नेकपा एमालेले देशैभर विरोध प्रदर्शन गरेको छ।
काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठी लागेर युवराज ओलीको टाउकोमा चोट लागेको छ । उनलाई सिंहदरबारको दक्षिण गेटमा प्रहरीको लाठी लागेको हो।
एमालेका २३ वटा जनसंगठनहरूले माइतीघरमा शनिबार अपराह्न विरोध प्रदर्शन गरेका थिए।
उनीहरूले वर्तमान सरकारविरूद्ध नारा लगाउँदै टायर समेत बालेका थिए। प्रदर्शनकारीहरूले केही निजी सवारी साधन समेत तोडफोड गरेका थिए।
माइतीघरको प्रदर्शन उग्र बन्दै जाँदा केही प्रदर्शनकारी सिंहदरबारको दक्षिण गेट लागेका थिए। उनीहरूले सिंहदरबारमा ढुंगामुढासमेत गरेको प्रहरीले जानकारी दिएको छ। सोही क्रममा प्रहरीले लाठीचार्ज गर्दा ओलीसहितका नेता घाइते भएका हुन्। काठमाडौं निवासी ओलीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत भइरहेको एमाले सचिव महेश बस्नेतले फेसबुकबाट जानकारी दिएका छन्। उनको टाउकोमा पाँच टाँका लगाइएको बस्नेतले बताएका छन्।
उनका अनुसार शनिबारको प्रदर्शनका क्रममा राजु तिवारी, विमल धमला, जगराज शाही सहित ४ जना गिरफ्तार गरिएको छ। ‘माइतीघरतर्फको व्यारिकेड तोडिएको र सिंहदरबारको दक्षिण गेटमा सामान्य तोडफोड भएको खबर आएको छ, जुन अत्यन्त दुःखद घटना हो,’ उनले फेसबुकमा भनेका छन्, ‘सरकार सम्भावित अप्रिय घटना हुनुअघि नै सचेत बनोस्। पूर्वप्रधानमन्त्रीज्यूलाई तत्काल रिहा गरियोस्।’

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...