ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको अनुगमन सम्पन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ११ चैत । ख्वप कलेजको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यु.ए.ए) को लागि विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोली (पी.आर.टी) ले चैत्र ८,९ र १० गते लगातार कलेजको प्रारम्भिक अनुगमन सम्पन्न गरेको छ । समापन कार्यक्रमका सभापति एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुगमनका क्रममा टीमले दिएका सुझावलाई समयावधि भन्दा अगावै पूरा गर्ने प्रतिबद्धता जनाउँदै अनुगमनबाट प्राप्त सुझावले ख्वप कलेजको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
स्थानीय तहबाट सञ्चालित ख्वप कलेजले देशका अन्य स्थानीय तहलाई पनि शैक्षिक संस्था सञ्चालन गरी जनताको सेवा गर्न ऊर्जा प्रदान गरिरहेको बताउँदै भक्तपुर नगरपालिकाले सबैलाई समान सुविधा प्रदान गर्ने अवधारणाले काम गरिरहेको उनले बताए । उनले कलेजमा अध्ययनरत हरेक विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्रका साथै हातमा कुनै न कुनै सीप दिने प्रयास गर्दै आएको बताउँदै विद्यार्थीले परीक्षामा ल्याएको उत्कृष्ट अंकले मात्रै उसलाई सफल बनाउने होइन, उसको नैतिकता, इमानदारिता र संस्कार महत्वपूर्ण हुने बताएका छन् ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप सर्कल अन्तर्गतका कलेजहरुको शैक्षिक गुणस्तर रसेवा सुविधाबारे धेरैको जिज्ञासा र चासो रहेको बताउँदै उनले यी कलेजहरुलाई अन्तर्राष्ट्रियकरण गर्दै लगिने बताए । समापन कार्यक्रममा टोलीका संयोजक प्रा. सुवास केसीले ख्वप कलेजको समूहगत प्रयासले संस्थागत विकासमा सकारात्मक प्रभाव परेको बताउँदै नगरपालिकाद्वारा सञ्चालित कलेजको उद्देश्य र दृष्टिकोण अनुकरणीय रहेको बताए । उनले ख्वप कलेजको विकास र प्रगतिमा व्यवस्थापन समिति, विषयगत संकाय, विद्यार्थी र अभिभावकको सक्रिय सहभागिता र सहयोग रहेको बताउँदै समकक्षी परीक्षण टोलीको सुझावलाई पूर्ण कार्यान्यन गर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा टोलीका सदस्य नारायणप्रसाद भण्डारीले गुणस्तर सुनिश्चितताको विषयमा ख्वप कलेजबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उच्च शिक्षा अध्ययन सकेका विद्यार्थीहरुलाई सक्षम बनाउन कलेजले जोड दिनुपर्ने बताएका छन् । कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र शिक्षक कमिनिका न्याइँच्याइँले समेत ख्वप अस्पतालको शैक्षिक अवस्थाको वर्णन गरेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे

काठमाडौं, ०४ कार्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक...

ललितपुरमा मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर, ०४ कार्तिक । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोउल्लासका साथ मनाइएको छ।...

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...