ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको अनुगमन सम्पन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ११ चैत । ख्वप कलेजको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यु.ए.ए) को लागि विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोली (पी.आर.टी) ले चैत्र ८,९ र १० गते लगातार कलेजको प्रारम्भिक अनुगमन सम्पन्न गरेको छ । समापन कार्यक्रमका सभापति एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुगमनका क्रममा टीमले दिएका सुझावलाई समयावधि भन्दा अगावै पूरा गर्ने प्रतिबद्धता जनाउँदै अनुगमनबाट प्राप्त सुझावले ख्वप कलेजको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
स्थानीय तहबाट सञ्चालित ख्वप कलेजले देशका अन्य स्थानीय तहलाई पनि शैक्षिक संस्था सञ्चालन गरी जनताको सेवा गर्न ऊर्जा प्रदान गरिरहेको बताउँदै भक्तपुर नगरपालिकाले सबैलाई समान सुविधा प्रदान गर्ने अवधारणाले काम गरिरहेको उनले बताए । उनले कलेजमा अध्ययनरत हरेक विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्रका साथै हातमा कुनै न कुनै सीप दिने प्रयास गर्दै आएको बताउँदै विद्यार्थीले परीक्षामा ल्याएको उत्कृष्ट अंकले मात्रै उसलाई सफल बनाउने होइन, उसको नैतिकता, इमानदारिता र संस्कार महत्वपूर्ण हुने बताएका छन् ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप सर्कल अन्तर्गतका कलेजहरुको शैक्षिक गुणस्तर रसेवा सुविधाबारे धेरैको जिज्ञासा र चासो रहेको बताउँदै उनले यी कलेजहरुलाई अन्तर्राष्ट्रियकरण गर्दै लगिने बताए । समापन कार्यक्रममा टोलीका संयोजक प्रा. सुवास केसीले ख्वप कलेजको समूहगत प्रयासले संस्थागत विकासमा सकारात्मक प्रभाव परेको बताउँदै नगरपालिकाद्वारा सञ्चालित कलेजको उद्देश्य र दृष्टिकोण अनुकरणीय रहेको बताए । उनले ख्वप कलेजको विकास र प्रगतिमा व्यवस्थापन समिति, विषयगत संकाय, विद्यार्थी र अभिभावकको सक्रिय सहभागिता र सहयोग रहेको बताउँदै समकक्षी परीक्षण टोलीको सुझावलाई पूर्ण कार्यान्यन गर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा टोलीका सदस्य नारायणप्रसाद भण्डारीले गुणस्तर सुनिश्चितताको विषयमा ख्वप कलेजबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै उच्च शिक्षा अध्ययन सकेका विद्यार्थीहरुलाई सक्षम बनाउन कलेजले जोड दिनुपर्ने बताएका छन् । कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र शिक्षक कमिनिका न्याइँच्याइँले समेत ख्वप अस्पतालको शैक्षिक अवस्थाको वर्णन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिशूली ३ ‘ए’ मा फसेका २ जनाको जीवितै उद्धार

काठमाडौं, १९ भदौ । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ३ 'ए’ जलविद्युत् आयोजनाको सुरुङमा...

बागमती सरकारले अभिभावक गुमाएका बालबालिकालाई आवाससहित नि:शुल्क शिक्षा दिने

मकवानपुर, १९ भदौ । बागमती प्रदेश सरकारले रसुवा बाढीमा परी अभिभावक गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क...

काठमाडौं-भीमफेदी- कोगटे-इपा-सिस्नेरी-हेटौंडा सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गको विकास गर्ने: मुख्यमन्त्री थापामगर

काठमाडौं, १८ भदौ । काठमाडौं-हेटौंडाको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गका रूपमा विकास...

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...