चट्याङसहित वर्षाको सम्भावना

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ चैत। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बदली भएको छ ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।
तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।
त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहने तथा तराईका भू-भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिशूली ३ ‘ए’ मा फसेका २ जनाको जीवितै उद्धार

काठमाडौं, १९ भदौ । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ३ 'ए’ जलविद्युत् आयोजनाको सुरुङमा...

बागमती सरकारले अभिभावक गुमाएका बालबालिकालाई आवाससहित नि:शुल्क शिक्षा दिने

मकवानपुर, १९ भदौ । बागमती प्रदेश सरकारले रसुवा बाढीमा परी अभिभावक गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क...

काठमाडौं-भीमफेदी- कोगटे-इपा-सिस्नेरी-हेटौंडा सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गको विकास गर्ने: मुख्यमन्त्री थापामगर

काठमाडौं, १८ भदौ । काठमाडौं-हेटौंडाको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गका रूपमा विकास...

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...