रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध रिटमा बहस गर्दै महान्यायाधिवक्ता

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट हेर्दाहेर्दैमा छ । विनाेद शर्मा र अब्दुल अजिज मुसलमानकाे इजलासमा साेमबारवाट सुरु भएकाे सुनुवाइ मंगलबार पनि हेर्दाहेर्दैमा राखिएकाे थियाे । साेमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए। आज रिट निवेदकका तर्फबाट थप बहस गरिने र महान्यायाधिवक्ता सविता भण्डारी बरालले आफ्नो निर्णयबारे जवाफ दिनेछिन्।
यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले लामिछानेसहितको मुद्दा संशोधनको निर्णय सच्चाइएको फाइल झिकाउन आदेश गरेकाे थियो । आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय संशोधनसम्बन्धी फाइल सर्वोच्च अदालतमा पेस गरेपछि पुनः सुनुवाइ भएकाे हो ।
महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । त्यसविरुद्व वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी , युवराज सफल र आयुष वडालले रिट दायर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिशूली ३ ‘ए’ मा फसेका २ जनाको जीवितै उद्धार

काठमाडौं, १९ भदौ । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ३ 'ए’ जलविद्युत् आयोजनाको सुरुङमा...

बागमती सरकारले अभिभावक गुमाएका बालबालिकालाई आवाससहित नि:शुल्क शिक्षा दिने

मकवानपुर, १९ भदौ । बागमती प्रदेश सरकारले रसुवा बाढीमा परी अभिभावक गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म नि:शुल्क...

काठमाडौं-भीमफेदी- कोगटे-इपा-सिस्नेरी-हेटौंडा सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गको विकास गर्ने: मुख्यमन्त्री थापामगर

काठमाडौं, १८ भदौ । काठमाडौं-हेटौंडाको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गका रूपमा विकास...

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...