हेरिटेज नेपाल न्यूज

महाराजगन्जमा प्रहरीको हत्या आरोपमा थप एक जना पक्राउ, पेस्तोल बरामद

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २४ कार्तिक । प्रहरी वृत्त महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। थप एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेमा भोजपुरका इन्द्रबहादुर राई छन्। उनलाई शनिबार प्रहरीले सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो। भदौ २४ गते राई अन्य आपराधिक घटनामा पनि संलग्न भएको आरोप छ। त्यसबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। यससँगै प्रहरीको हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ। जसमध्ये सात जना पुर्पक्षका लागि थुनामा छन्।
भदौ २४ गते महाराजगन्जका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हवल्दार अमृत गुरूङको हत्या भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...