भक्तपुरमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्दो

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २४ कार्तिक । भक्तपुर जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्नेको भीड दिनप्रतिदिन बढ्दै गएको छ । दैनिक डेढ–दुईसयबाट सुरु भएको भिड अहिले ८ सयभन्दा माथि पुगिसकेको छ । कार्यालयमा हाल दुई स्थानबाट फोटो खिच्ने कार्य हुँदै आएकोमा सेवा द्रुत बनाउन सोमबारदेखि थप दुई स्थानमा फोटो खिच्ने व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश कुमार ढकालको निरीक्षणपछि यस्तो व्यवस्था मिलाईएको हो ।

सिडिओ ढकालले निर्वाचन कार्यालयको भीड व्यवस्थापन गर्दै कामको गति बढाउन निर्वाचन कार्यालय पुगेरै आवश्यक निर्देशन दिएका छन् । उनी कार्तिक १२ गतेदेखि भक्तपुर जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्दै आएका छन् । ढकालको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य र भक्तपुर प्रहरी प्रमुख एसपी सूर्यबहादुर खडेकासहितको तीन सदस्यीय निरीक्षण टोली पनि सहभागी थियो । टोलीले स्थलगतरुपमा मतदाता नामदर्ता कार्य अवलोकन गर्दै तत्काल कार्यक्षमता वृद्धि गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार, भिड बढेसँगै सुरक्षा व्यवस्थापन पनि कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार, भिड बढेसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरका अनुसार हालसम्म ७ हजारभन्दा बढी नयाँ मतदाता थपिईसकेका छन् । उनका अनुसार दैनिक डेढ–दुई सय जना नाम दर्ता गर्न आउने गरे पनि शुक्रबार यो संख्या बढेर ८ सय ६५ पुगेको थियो ।

मगरले भने, ‘दुई सयभन्दा बढीको लाइन लाग्नेबित्तिकै आयोगमा अतिरिक्त टेक्निसियन माग गरेका थियौं, तर आठ सय नाघ्दासमेत थप जनशक्ति पठाइएको छैन ।’ भीड बढेसँगै बिहानैदेखि सेवा सुरु गर्ने गरिएको छ । ‘अब बिहान ८ बजेदेखि नै नामदर्ता सुरु हुन्छ,’प्रमुख मगरले बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...