जेन-जी प्रदर्शनको तोडफोडमा भाटभटेनीको १० अर्ब ८५ करोड बढीको क्षति

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ७ असोज । भाटभटेनी सुपरस्टोरले जेन-जी प्रदर्शनको (भदौ २४ गते) काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरको १० अर्ब ८५ करोड रूपैयाँ बढीको क्षति भएको विवरण सार्वजनिक गरेको छ। भाटभटेनीका अनुसार २० वटा स्टोरबाट यो क्षति भएको हो। बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरुपमा आगजनी गरिएको छ। १२ वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलाइएको छ।

स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महंगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका थिए। भवनभित्र रहेका सबै सामग्री पूर्णरूपमा आगजनी गरिएको थियो। त्यसबाहेक नौ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको थियो। नौवटा स्टोरमा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ। यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरूङले १२ वटा स्टोर पूर्ण रूपमा जलाइएको, बाँकी नौ वटामा आंशिक क्षति पुर्‍याइएको जानकारी गराएका थिए। उनले भाटभटेनीमा कार्यरत दश हजार बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दसैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए।

सबै स्टोरमा गरी भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँको क्षति भएको छ,’ गुरूङले भने।प्रधानमन्त्रीसँगको भेटमा गुरूङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटक पटक प्रतिबद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको बताएका थिए।

भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका नौवटा गरी १९ वटा स्टोरमा चार अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ भने पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरूपमा जलाइएको छ। ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

चाँगुनारायणमा बर्ड फ्लु पुष्टि, सतर्कता अपनाउन आह्वान

भक्तपुर, २१ जेठ । चाँगुनारायण नगरपालिकाकाे दुईवटा वडामा ‘बर्ड फ्लु’  रोग पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर...

सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा आगलागी

काठमाडौं, २१ जेठ । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकभित्रको सवारी शाखामा बुधबार राति आगलागी भएको छ ।  सवारीसाधन...

सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर: २५८ जनाको स्वास्थ्य परिक्षण

भक्तपुर, २० जेठ । सूर्यविनायक नगरपालिका -८  सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  स्थानीय स्वास्थ्य चौकीमा...

मिक्स्चर जडित ट्याक्टर दुर्घटना २ काे मृत्यु, १० जना घाइते

भक्तपुर, २० जेठ । चाँगुनारायण नगरपालिका-८ कलमसीस्थित मिक्स्चर जडित ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाइते...