उपत्यकामा ‘उपभोगयोग्य छाप’ लगाएर मासु किनबेच

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०२ मंसिर । काठमाडौं उपत्यकामा ‘उपभोगयोग्य छाप’ लगाएर मासु किनबेच हुन थालेको छ । उपत्यकाका तीन जिल्लामा मंगलबारदेखि मासु जाँच ऐनअनुसार बध गर्नुअघि पशुको स्वास्थ्य परीक्षण र बधपछि मासु परीक्षण गरेर उपभोगयोग्य छाप लगाउने व्यवस्था गरिएको हो ।
पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ अनुरूप पहिलो दिन उपत्यकाका पाँच स्थानमा कुखुरा र राँगाको मासु निरीक्षण गरी उपभोगयोग्य छाप लगाइएको छ । पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले मंगलबार काठमाडौंका चार र भक्तपुरको एउटा बधस्थलबाट मासु परीक्षण गरेर छाप लगाइएको जानकारी दिए । ‘पहिलो दिन करिब ४३ हजार किलो मासु परीक्षण गरी बजार पठाइएको छ,’ उनले भने ।
दाहालका अनुसार पशुको बधअघि शारीरिक अवस्था परीक्षण गर्नुपर्छ । बधपछि पनि मासुमा रोग र कीटाणुको परीक्षण गर्नुपर्छ । परीक्षण मासु निरीक्षकले गर्छन् । परीक्षणमा स्वस्थ देखिए मात्रै उपभोगयोग्य छाप लगाइन्छ । बजारमा छाप लगाइएको मासु मात्र किन्न उपभोक्तालाई दाहालले सुझाव दिए । मासुमा लगाइने छापमा नीलो मसी प्रयोग गरिन्छ, जुन भेटेरिनरीको प्रतीक रहेको पशु सेवा विभागको भनाइ छ । ‘यो रङले स्वास्थ्यमा कुनै असर गर्दैन,’ विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठले भने ।

मासु जाँचसम्बन्धी ऐनको व्यवस्था कार्यान्वयनका लागि उपत्यकामा पहिलो चरणमा २१ पालिकासँगको सहकार्यमा बधस्थल निर्धारण र मासु निरीक्षक परिचालनको प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि मन्त्रीस्तरीय निर्णयबाट नियुक्त तथा तालिम प्राप्त २ सय ४० जना मासु निरीक्षक परिचालन भएका छन् । ‘स्थानीय सरकार सञ्चालन ऐनअनुसार पनि यसको जिम्मेवारी स्थानीय तहको हुने भएकाले पालिकाहरूसँगको सहकार्यमा काम अघि बढेको छ, अहिले सुरुवाती चरण छ,’ दाहालले भने, ‘पालिकाहरूमा निश्चित वधशाला तोक्ने प्रक्रिया चलिरहेको छ । चाँडै वधशाला तोकेर परीक्षण विस्तार गर्नेछौं ।’

पशु बधशाला तथा मासु जाँच ऐनमा इजाजतपत्र लिएका व्यवसायीले मात्रै मासु बेच्न पाउने व्यवस्था छ । पशु सेवा विभागका अनुसार इजाजत नभएका खुद्रा पसलले मासु काट्न (प्रशोधन गर्न) पाउँदैनन् । उनीहरूले वधशालामा परीक्षण भएको छापयुक्त मासु भने बेच्न पाउँछन् । सरकारी मासु निरीक्षकले एकभन्दा धेरै मासु पसल निरीक्षण गर्न सक्छन् । इजाजतपत्र नलिएका व्यवसायीलाई कारबाही हुने वा सचेत गराइने पशु सेवा विभागले बताएको छ ।

पशु बधशाला तथा मासु जाँच ऐन २८ वर्षअघि नै जारी भए पनि अहिले कडाइसाथ कार्यान्वयनमा ल्याइएको हो । सरकारले गत १ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै मासु जाँचको व्यवस्था कार्यान्वयन घोषणा गरेको थियो । अहिले उपत्यकामा लागू गरिएको यो व्यवस्था आगामी १ साउन २०८४ सम्म देशभर कार्यान्वयनमा ल्याउने कृषि, वन तथा पर्यावरण मन्त्रालयको तयारी छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारीमा ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

आज दिल्ली उड्दै प्रधानमन्त्री बालेन

काठमाडौं, ०६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

रसुवा बाढीपीडितलाई सुन्दरीजल होल्डिङ सेन्टर छाड्न दबाब

काठमाडौं, ०५ मंसिर । काठमाडौंको सुन्दरीजलस्थित बीपी चोकमा रहेको होल्डिङ सेन्टरबाट हट्न दबाब दिएपछि रसुवाका ३५ बाढीपीडित बिचल्लीमा...

नगर प्रमुख प्रजापतिद्वारा परीक्षा समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण

भक्तपुर, ०५ मंसिर । नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरूको परीक्षा सञ्चालनमा समन्वय तथा आवश्यक...