काठमाडौं, ०३ मंसिर । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुनको मूल्य तोलामा ३ हजार ३०० सय रुपैयाँले घटेको हो । बुधबार पनि सुन तोलामा ६ हजार ३०० सय रुपैयाँले घटेको थियो ।
बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ४५ रुपैयाँ घटेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।







