हेटौंडामा विधिविधान प्रयोगशाला संचालन

Date:

Share post:

Suryabinayak Nagarpalika

हेटौंडा, २० असोज । हेटौंडामा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको प्रयोगशाला भदौ २२ देखि सञ्चालनमा आएको हो । छिटो र प्रमाणमुखी अनुसन्धान गर्न स्थापना गरिएको यो विधिविज्ञान प्रयोगशाला मुलुककै चौथो हो । यसअघि काठमाडौं, धरान र नेपालगन्जमा यस्ता प्रयोगशाला स्थापना भइसकेका छन् ।

करिब १२ करोड रुपैयाँ लागतमा स्थापना गरिएको प्रयोगशालाले मुलुकमा बरामद हुने लागुऔषधमध्ये ४० प्रतिशत नमुनाको परीक्षण गर्ने प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले बताए । ‘हेटौंडामा विधिविज्ञान प्रयोगशाला स्थापना भएपछि न्यायप्राप्तिको प्रक्रिया छिटो हुनेछ,’ उनले भने ।
लागुऔषध, जबर्जस्तीकरणी र डीएनएको प्रतिवेदन ढिलो हुने कारण न्यायप्राप्ति पनि ढिलो हुने गरेको थियो । विधिविज्ञान प्रयोगशालाबाट प्रतिवेदन नआएका कारण अदालतका फैसलामा ढिलाइ हुने गरेको जिल्ला अदालत मकवानपुरका एक अधिकृतले बताए ।

हेटौंडास्थित प्रयोगशालामा बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुली तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाहीका नमुना परीक्षण गरिनेछ । नमुना परीक्षणका लागि बरामद भएका वस्तु वा पक्राउ परेकाहरूको जिल्लाबाट तीन दिनभित्र नमुना पठाइसक्नुपर्ने र प्रयोगशालाले १० दिनभित्र सम्बन्धित जिल्लामा प्रतिवेदन पठाउने कार्यतालिका रहेको प्रयोगशालाका प्रमुख मोहनसिंह धामीले बताए ।
उक्त प्रयोगशालामा रसायन तथा लागुऔषध, जबर्जस्तीकरणीअन्तर्गत बायोलोजी, सिरोलोजी र डीएनएका नमुना परीक्षण गरिने उनले बताए । भदौ २२ गते स्थापना गरेर सञ्चालनमा ल्याइएको प्रयोगशालाबाट नमुना परीक्षणसमेत सुरु भइसकेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

हेटौंडामै नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला स्थापना भएर सञ्चालनमा आएकाले लागुऔषध र जबर्जस्तीकरणीका मुद्दा अदालतबाट छिटो फैसला हुने अधिवक्ता मदन दाहालले बताए । ‘विधिविज्ञान प्रयोगशालाबाट समयमा प्रतिवेदन नआउँदा मुद्दाको फैसला पर धकेलिने गरेको थियो,’ उनले भने ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...