सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बित 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ असोज । सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन् । गृह मन्त्रालयका प्रवक्ता आनन्दराज काफ्लेका अनुसार, ‘सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीतको कार्य गरेको’ आरोपमा उनी निलम्बनमा परेका हुन् ।
काफ्लेले हस्ताक्षर गरेको विज्ञप्तिमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएको आधारमा निलम्बन गरिएको भनिएको छ । त्यसअनुसार दाहाललाई निलम्बन गरेर तीन दिनभित्र जाँचबुझ सम्पन्न गरेर मन्त्रालयमा पेस गर्न समिति बनाइएको समेत भनिएको छ ।
मन्त्रालयले दाहालले कस्तो सूचना चुहावट गरेका हुन् भन्ने बताएको छैन । तर, सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतका अनुसार, उनीमाथि ११ असोजको बिहान अनुमति नलिई पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेको आरोप छ ।

जबरालाई सुरक्षा चुनौती भएको भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयले मध्यराति घरबाट प्रहरीकहाँ ल्याएको थियो । त्यसपछि जबराका ‘नातेदार’समेत रहेका दाहाल उनलाई भेट्न प्रहरी कार्यालय पुगेको सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको दाबी छ ।
एआईजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गत बुधबार मात्र मन्त्रालयमा सिफारिस गरेको थियो । उनी २७ असोजमा चार वर्षे पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा थिए । तर, सशस्त्र प्रहरी नियमावली-२०७२ मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सरकारले एआईजी र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने व्यवस्था थियो । त्यसअनुसार अधिकांश एआईजी र डीआईजीको एक वर्ष पदावधि थप हुँदै आएको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,२७ कात्तिक । तिहारपछि खुलेको नेपाली बजारमा शुक्रबार (कात्तिक २७) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार छापावाल...

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

काठमाडौं, २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्। संविधानको धारा १२९ को...

भीमफेदी दुर्घटनाका मृतकको शव हेटौंडा अस्पतालमै

मकवानपुर, २७ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार भएको ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाको शव अझै हेटौंडा...

भीमफेदी दुर्घटना अध्ययन गर्न समिति गठन

मकवानपुर, २६ कात्तिक । भीमफेदीमा गाउँपालिका- ६ चिसापानीगढीमा भएको सवारी दुर्घटनाको कारण अध्ययन गरी भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका...