काठमाडौं, ०६ असोज । हिजो त्रिपुरेश्वरमा ऋद्दिसिद्दिको बसभित्रै आत्मदाह गर्ने युवक अर्जुन दोङ भएको खुलेको छ । यसअघि प्रहरीले उनी दावा लामा भएको बताए पनि वास्तविक पहिचान अहिले खुलेको हो ।
मृतक दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ का हुन् । करिब २२ वर्षीय दोङका दुई श्रीमती र एक छोरा रहेको पनि पुष्टि भएको छ । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा राति निधन भएको प्रहरीले बताएको छ ।







