बस आगजनीमा निधन चालकका आफन्त उत्रिए प्रदर्शनमा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०६ असोज । त्रिपुरेश्वरमा बसमा आगजनी गरी मृत्यु भएका चालकका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् ।घटनाप्रति आपत्ति जनाउँदै मृतकका परिवार तथा समर्थकले मंगलबार कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् ।

सोमबार मध्याह्न १२ः११ बजेतिर त्रिपुरेश्वरमा रोकिराखेको थानकोट–मूलपानी चल्ने रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७६ नम्बरको बसमा आगलागी भएको थियो । त्यति बेला कोही यात्रु नभएको बसमा चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ का २३ वर्षीय अर्जुन दोङ आफैँले आगजनी गरेको प्रहरीले जनाएको छ ।

शरीरको करिब ९० प्रतिशत भाग जलेका उनको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । बसमा आगजनीअघि ट्राफिक प्रहरीसँग उनको विवाद भएको देखिने भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । घटनाको सत्यतथ्य छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रदर्शन गरिरहेका छन् । आफन्तले उनको शव बुझ्न मानेका छैनन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...