बाढी प्रभावित १३२ बालबालिका विद्यालय भर्ना

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौंमा रहेका १३२ जना बालबालिकालाई विद्यालय पठाउन थालेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कूलमा अध्ययन गराउन थालेको हो । विद्यार्थीहरुलाई पुस्तक र दिवा खाजा उपलब्ध गराइएको छ ।

पहिलो दिन ५९ जना बालबालिका कक्षामा उपस्थित भएका थिए । उनीहरुको मनमा पुगेको गहिरो चोट कम गराउन, बालबालिकाका आवश्यकता र उपलब्धताका बारेमा थाहा पाउन काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल विद्यालयमा पुगेर बालबालिकासँग संवाद गरेकी छन् । ‘वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उहाँहरुसँग आत्मीय व्यवहार गरेर मनको आघातलाई विर्सन सघाउनु,’ डंगोलले शिक्षकलाई भनिन्, ‘किताब र पाठभन्दा विद्यार्थीमा भएको त्रास कम गराउन परामर्श गर्नू ।’ विद्यार्थीहरुलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, शिक्षा विभागका अधिकारीहरु विद्यालय गएर बालमैत्री वातावरण निर्माणका लागि सहजीकरण गरेका छन् ।

विद्यालय जाने विद्यार्थीहरुका लागि करुणा फाउन्डेसनले विद्यालय पोशाक, झोला, जुत्ता, कापी कलमको व्यवस्था गरिदिएको छ । यस्तै, मनोसामाजिक परामर्श प्रदान गरेको छ । आश्रय स्थलबाट विद्यालयसम्म ल्याउन पुर्‍याउन एलआरआइ स्कूलले सवारी साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशिल सुवेदीले जानकारी दिए । दोस्रो दिन ६१ जना विद्यार्थी विद्यालय आएका छन् । विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले विद्यालय आउने कुरालाई स्वतः स्वीकार गर्ने विद्यार्थी आएको बताए । ‘गहिरो चिन्तामा परेका विद्यार्थीहरुलाई बल गराएर आउनै पर्छ भन्ने गरिएको छैन । परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास छ । विद्यालय आउने विद्यार्थीको संख्या बढ्दो छ,’ उनले भने ।

सुवेदीका अनुसार इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु महानगरपालिकाको सम्पर्कमा छन् । उनीहरुमध्ये सबैभन्दा धेरै कक्षा १ मा अध्ययन गर्ने ४५ जना, इसीडी, नर्सरी र कक्षा १० मा अध्ययन गर्ने २-२ जना, युकेजी र कक्षा १२ मा अध्ययरत १-१ जना छन् ।  कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६-६ जना विद्यार्थी छन् । कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी छन् ।

तस्बिर : काठमाडौं महानगरपालिका ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...