कुलेखानी जलाशयमा पानीको सतह घट्दै

Date:

Share post:

Suryabinayak Nagarpalika

हेटौंडा, १० असोज । कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर (जलाशय) मा पानी संकलन हुने दर घट्दै गएको छ ।
जलाशयको जलाधार क्षेत्रमा वर्षा कम हुँदै गएकाले इन्द्रसरोवरमा पानी संकलन हुने क्रम पनि घट्दै गएको हो । कुलेखानी जलाशयको सतह शनिबार बिहान ७ बजेसम्म १ हजार ५ सय २३ दशमलव ९३ सेन्टिमिटर पुगेको छ । बिहान ६ बजे जलाशयको सतह १ हजार ५ सय २३ दशमलव ९० सेन्टिमिटर थियो । एक घण्टामा ३ सेन्टिमिटरमात्र पानीको सतह बढेको प्रथम कुलेखानी जलविद्युत् आयोजनाका प्रमुख प्रल्हाद राउतले जानकारी दिए । ‘जलाधार क्षेत्रमा पानी पर्न छाडेको छ, त्यसैले पानी संकलन हुने दर कम हुँदै गएको छ,’ उनले भने । शुक्रबार दिउँसो प्रतिघण्टा १० सेन्टिमिटर जलाशयको सतह बढेको थियो ।
नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’ को रूपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशय भरिन अझै ६ मिटर ७ सेन्टिमिटर बाँकी छ । ‘तत्काल जलाशय भरिने अवस्था छैन, जलाधार क्षेत्रमा पानी पर्ने क्रम घट्दो छ,’ कुलेखानी जलविद्युत् आयोजनाका एक अधिकृतले भने ।
कुलेखानी जलाशयको सात वटा जलाधार क्षेत्रको क्षेत्रफल १ सय ६६ वर्ग किलोमिटर रहेको छ । जलाशयको पानी खपत गर्ने उद्देश्यले कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गरिएको छ । तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गर्दा करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने गर्छ । कुलेखानी प्रथमबाट ६० मेगावाट विद्युत् उत्पादन हुन्छ भने दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी १०८ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
कुलेखानी जलाधार क्षेत्रमा निरन्तर वर्षा भएसँगै सम्भावित जोखिमलाई न्यूनीकरण गर्न पानी संकलन नगरी विद्युत् उत्पादन गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुलेखानी जलविद्युत् आयोजनाले जलाशय भरिनुभन्दा अगाडि बाँध खोल्नुपर्ने अवस्था आउन सक्छ भनेर साइरनको व्यवस्था गरेको छ ।
कुलेखानी जलाशयको तल्लो तटीय भाग सिस्नेरीलगायतका क्षेत्रमा साइरन जडान गरिएको छ । कुलेखानी जलविद्युत् आयोजनाका अनुसार कुलेखानी जलाशयको बाँधमा पानीको सतह १ हजार ५ सय २७ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था गरिएको छ । कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ । त्योभन्दा बढी भएपछि बाँधको ढोका खोल्नुपर्छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...