रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १२ सय ५२ पुग्यो, ४२ सय १६ सम्पर्कबिहीन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १८ भदौ । रसुवा बाढीमा मृत्यु हुनेको संख्या एक हजार २५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा १२७, तनहुँमा ३८, नुवाकोटमा १७७, नवलपरासीमा (पूर्व)मा २१८, धादिङमा ६०, नवरपरासी (पश्चिम)मा २०८, गोरखामा ६९ र चितवनमा ३५५ जनाको शव तथा मानव अंग भेटिएको छ ।
बाढी प्रभावित क्षेत्रमा करिब चार हजार २१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा ४५ जना सेना, २५ प्रहरी, १३ जना सशस्त्र प्रहरी, १४ जना भन्सार कार्यालयका कर्मचारी, तीनजना अध्यागमन कार्यालयका कर्मचारी, रसुवाका ८६५, नुवाकोटका एक हजार ५५८, विदेशी नागरिक ८८३, विदेशी पर्यटकसँगै गएका नेपाली १६४, जलविद्युत् आयोजनाका ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टाइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा अन्तर्गतका कर्मचारी ३२ र निजी विद्यालयका शिक्षक एकजना छन् । हालसम्म पाँच हजार १३५ जना घाइतेको उपचार गरिएको छ । बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परिचालन हुनेमा सात हजार ९१२ प्रहरी, नौ हजार २८७ नेपाली सेना र चार हजार २०३ सशस्त्र प्रहरी छन् ।
विभिन्न जिल्लामा राखिएको होल्डिङ सेन्टरमा तीन हजार ९४८ जना  रहेका छन् ।

फोटो फाइल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं, १८ भदौ । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश...

त्रिशूलीनदीमा तुइन निमार्ण सुरु

काठमाडौं, १७ भदौ । बाग्मती प्रदेशका सरकारले भोटेकोशीमा आएको भीषण बाढीपछिको असहज अवस्थालाई मध्यनजर गर्दै त्रिशूली नदीमा तुइन...