त्रिशूलीनदीमा तुइन निमार्ण सुरु

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १७ भदौ । बाग्मती प्रदेशका सरकारले भोटेकोशीमा आएको भीषण बाढीपछिको असहज अवस्थालाई मध्यनजर गर्दै त्रिशूली नदीमा तुइन निर्माण सुरु गरेको छ । तत्कालका लागि त्रिशूली नदी वारपार गर्न बागमती प्रदेश सरकारले नुवाकोटको विदुरमा ५ वटा तुइन बनाएको मुख्यमन्त्री किरण थापामगरले जानकारी दिएका छन् ।
बाढीले निम्त्याएको संकट र अवरुद्ध सडक सञ्जालका कारण राहत तथा उद्धारमा समस्या भएपछि प्रदेश सरकारले यो कदम चालेको हो ।

बाग्मतीका मुख्यमन्त्री थापामगरका अनुसार भोटेकोशीको बाढीका कारण आसपासका क्षेत्रमा ५ देखि ६ फिटसम्म हिलो र लेदो जमेको छ । जसका कारण पैदल हिँड्न समेत अत्यन्तै कष्टकर भएको र प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री तथा राहत पुर्‍याउन ठूलो चुनौती थपिएको उनले बताएका छन् ।
यस्तो विषम परिस्थितिमा नागरिकको जीवनरक्षा र अत्यावश्यक सेवा प्रवाहलाई निरन्तरता दिन सरकारले बिदुर र त्रिशूली जोड्ने त्रिशूली नदीमा तुइन निर्माणको काम तीव्र गतिमा अघि बढाएको उनले जानकारी दिएका हुन् । ‘सम्भवतः भोलिसम्म सञ्चालनमा आउने यस तुइनमार्फत राहत तथा स्वास्थ्य सामग्री ओसारपसार गरिनेछ,’ मुख्यमन्त्रीले सामाजिक संजालमा भनेका छन्, ‘यसबाट गर्भवती महिला, घाइते तथा अन्य आपतकालीन अवस्थाका नागरिकहरूको उद्धारमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
प्रदेश सरकारले अन्य प्रभावित क्षेत्रमा पनि उद्धार र पुनर्स्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

काठमाडौं, १७ भदौ । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई...

कागेश्वरीकी इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

काठमाडौं, १६ भदौ । कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४...

बोडेमा ऐतिहासिक निलबाराही नाच प्रदर्शन

भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि...

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...