महँगी, कालोबजारी र ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरद्वारा ज्ञापनपत्र

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०१ भदौ । राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी भक्तपुरले बढ्दो महँगी, कालोबजारी, कृत्रिम अभाव, अनियमितता तथा एलपी ग्यासको सहज आपूर्तिमा देखिएको समस्याप्रति ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमार्फत दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण तथा प्रभावकारी बजार अनुगमन, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण, ग्यासको नियमित तथा पारदर्शी वितरण, अनिवार्य मूल्यसूची कार्यान्वयन र संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरिएको छ।

त्यसैगरी, उपभोक्ता ठगी नियन्त्रण, गुनासो सुनुवाइको प्रभावकारी व्यवस्था, बजार अनुगमनका प्रतिवेदन सार्वजनिक गर्ने, आपूर्ति व्यवस्थामा सम्भावित अनियमितताको छानबिन गर्ने तथा उपभोक्ता अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न पनि संघले आग्रह गरेको छ। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले आम उपभोक्तालाई सहज, सुरक्षित र न्यायोचित रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध हुने वातावरण निर्माणका लागि जिल्ला प्रशासन कार्यालयबाट तत्काल आवश्यक पहल, प्रभावकारी बजार अनुगमन तथा दोषी देखिए प्रचलित कानूनबमोजिम कारबाही गर्न माग गरेको छ।

ज्ञापनपत्र वितरण प्रमुख जिल्ला अधिकारी विनाेद कुमार खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्य बहादुर खड्का नेकपा एमाले युवा ईन्चार्ज प्रकाश लामिछाने, युवा संघ केन्द्रीय सदस्य रविन थापा, सुमित जङ्ग कार्की, जिल्ला नगर पदाधिकारी सहितकाे उपस्थितिमा हस्तान्तरण गरिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...