रसुवा बाढीमा ३८४ जना पर्यटक बेपत्ता

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३ सय ८४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ विदेशी र ९३ नेपाली नागरिक छन्। पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त विवरणका आधारमा उक्त संख्या कायम गरिएको हो। बेपत्ताको अवस्थाबारे सम्बन्धित एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी थप विवरण संकलन भइरहेको बोर्डले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार, सम्राट टुर्स एन्ड ट्राभल्सका ७१, ५९ (भारतीयसहित १२ नेपाली), काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७, २ विदेशी (१ अस्ट्रेलियन, १ नेदरल्यान्ड्स) र १५ नेपाली),  लिफ होलिडेका ५५, (४६ भारतीयसहित ९ नेपाली), कैलाश जर्नीका ३१, (६ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, ५ नेपाली), एक्सप्लोर भ्याकेसन अफ ट्रेकर्स सोसाइटीका ९२, (७७ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, १५ नेपाली),  रिक्स टिम एन्ड ट्राभल्सका १२, (८ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, ४ नेपाली), थाल टुर्स एन्ड ट्राभल्सका २७, ( विदेशी) ३ अमेरिकी र १७ मलेसियाली तथा ७ नेपाली), हिमालयन ग्लेसियरका ५२ (३७ एनआरआईसहित १५ नेपाली) र अल्पाइन इको ट्रेकका २० जना १६ विदेशी (१२ बेलायती र ४ दक्षिण अफ्रिकी) तथा ४ नेपाली) बेपत्ता सूचीमा छन्।

बोर्डले सूची प्रारम्भिक भएकाले थप प्रमाणीकरणपछि संख्या तथा विवरण परिवर्तन हुन सक्ने जनाएको छ। घटनापछि पर्यटक तथा यात्रुलाई आवश्यक सहयोगका लागि १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ। त्यस्तै, ११४४ हटलाइन र ९८५१२८९४४५ मा पर्यटक प्रहरीसँग सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ। बोर्डले प्रभावित क्षेत्रमा रहेका व्यक्तिलाई नजिकको प्रहरी तथा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरसँग सम्पर्कमा रहन आग्रह गरेको छ।

तस्बिर : सामाजिक संजाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

सूर्यविनायक नगरपालिकाले बाढी पिडितलाई ५५ लाख रुपैंया सहयोग गर्ने

भक्तपुर, १४ भदौ । सूर्यविनायक नगरपालिकाले रसुवा (भोटेकोशी) बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत...

दिवंगतको सम्झनामा भक्तपुरमा गाईजात्रा मनाइँदै

भक्तपुर, १३ भदौ । भक्तपुरका बासिन्दाले वर्षदिनभरि दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाएका छन् । शनिबार बिहानदेखि...

विपद्‌मा नागरिकको साथमा बागमती प्रदेश सरकार: उद्धार, राहत र सडक खुलाउन तीव्र परिचालन

काठमाडौं, १३ भदौ । रसुवामा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका क्षेत्रमा ठूलो धनजनको...

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौँ महानगरपालिकाबाट निःशुल्क यातायात सुरु 

काठमाडौं, १३ भदौ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायात सुरु गरेको...