बागमती प्रदेशलाई पर्यटकको हब बनाउने लक्ष्य छ : मुख्यमन्त्री किरण थापा

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्य रहेको बताएका छन् । आज (शनिबार) डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा उनले यहाँ धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेकाले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध काम गर्ने बताएका छन् ।

जन्मस्थान सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा विशेष पूजा गरेपछि उनले सिङ्गो बागमती प्रदेश पर्यटकीय गन्तव्यको हब बन्न सक्ने भन्दै पर्यटकीय विकासको अथाह सम्भावना रहेको प्रदेशको १३ वटै जिल्लालाई पर्यटकीय विकासमा जोड दिने बताएका हुन् । ‘भक्तपुर आफैँमा पर्यटकीय क्षेत्र हो, सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बन्दैछ । विश्वभरका पर्यटक र विशेषगरी हरेक वर्ष हजाराैँ भारतीय पर्यटक डोलेश्वर आउन थालेका छन् । यसैगरी  सबै जिल्लामा पर्यटनको विकास गर्दै युवा रोजगारीलाई बढाउने हाम्रो योजना र लक्ष्य छ,’ मुख्यमन्त्री थापाले भने । डोलेश्वर महादेवको आर्शिवाद, आस्था, र संस्कृति सङ्कल्पसँगै बागमती प्रदेशको समृद्धिको यात्रा सुरु भएको बताउँदै १३ वटै जिल्लाको जनभावनालाई समेटेर प्रदेशको समृद्धिमा अगाडि बढ्ने उनले सङ्कल्प गरे ।

कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेत, समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले डोलेश्वर महादेव मन्दिरलाई आजको अवस्थासम्म पुर्‍याउन मुख्यमन्त्री थापाको ठूलो योगदान रहेको चर्चा गर्दै यसको विकासमा थप सहयोग पुग्ने बताए । कार्यक्रममा मुख्यमन्त्री थापालाई समितिले सम्मान गरेको समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिए ।

तस्बिर : संजिव थापा

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं,२७ कात्तिक । तिहारपछि खुलेको नेपाली बजारमा शुक्रबार (कात्तिक २७) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार छापावाल...

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

काठमाडौं, २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चारजना न्यायाधीश नियुक्त गरेका छन्। संविधानको धारा १२९ को...

भीमफेदी दुर्घटनाका मृतकको शव हेटौंडा अस्पतालमै

मकवानपुर, २७ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा बिहीबार भएको ईभी दुर्घटनामा मृत्यु भएका १४ जनाको शव अझै हेटौंडा...

भीमफेदी दुर्घटना अध्ययन गर्न समिति गठन

मकवानपुर, २६ कात्तिक । भीमफेदीमा गाउँपालिका- ६ चिसापानीगढीमा भएको सवारी दुर्घटनाको कारण अध्ययन गरी भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका...