बलात्कारपछि बालिकाको हत्या, दुई जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०३ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ भक्तिनगरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । प्रहरीले हत्या आरोपीलाई पक्राउ गरेको छ । मंगलबार साँझ पौने ५ बजे ३ वर्षीया गरिमा चौधरी मृत फेला परेकी हुन् । लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुखहरू पुगेर अनुसन्धान शुरू गरेका थिए ।

अनुसन्धानको लागि नेपाल प्रदेश प्रहरी कार्यालय पर्सा विरगञ्जबाट तालिम प्राप्त कुकुर लगिएको थियो ।​ मृतक बालिका जीतपुर सिमरा उपमहानगरपालिका-१ दसधुरी बस्ने मनमती चौधरीकी छोरी हुन् । उनी साउन ३१ गतेबाटै घरबाट हराएकी थिइन् ।

गरिमालाई ३१ गते नै बिहान साढे ८ बजेतिर ना १ ज ७७५८ नम्बरको म्याजिकको सहचालक सुमन थापाले चकलेट दिएर ललाई फकाई गरी जबर्जस्ती करणी गरी हत्या गरेको प्रहरीको दाबी छ। प्रहरीले हत्या आरोपी थापा र उक्त म्याजिकका धनी प्रोगेस चौधरीलाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...