६ टन ९५० केजी अवैध काठको कोइला सहित २ पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २४ असार । जिल्ला प्रहरी परिसर काठमाडौंले ठूलो परिमाणको काठको अवैध कोइलासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार बेलुका काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गा चेक प्वाइन्टमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कपिलवस्तुबाट काठमाडौतर्फ आउँदै गरेको बा प्र.०१–००७ ख ०५९२ नम्बरको ट्रकलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गरेको थियो । उक्त ट्रकमा जाँच गर्ने क्रममा बिना इजाजत ओसारपसार गरिएको ६ टन ९५० केजी अवैध काठको कोइला फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त कोइलाको बजार मूल्य अन्दाजी ५ लाख ५६ हजार रुपैयाँ बराबर रहेको छ । अवैध कोइलासहित प्रहरीले दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ७ बस्ने ३६ वर्षका शिवराज चौधरी र कपिलवस्तु जिल्लाको विजय गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षका कमल किशोर केवटलाई नियन्त्रणमा लिएको छ । कोइला ओसारपसारमा प्रयोग गरिएको ट्रकसहित दुवै जनालाई आवश्यक कानुनी कारबाही अगाडि बढाउनका लागि जिल्ला वन कार्यालय पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी, एसपी पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...