कानुनी अल्झनका कारण प्रदेश क्षेत्रका महत्वपूर्ण पर्यटकीय क्षेत्रको अपेक्षाकृत प्रचार-प्रसार गर्न सकिएको छैन: संस्कृति तथा पर्यटन मन्त्री श्रेष्ठ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २४ असार । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले कानुनी समस्याका कारण प्रदेश क्षेत्रका महत्वपूर्ण पर्यटकीय क्षेहरुको सम्भावना तथा त्यसको विकास र विकासको बारेमा अपेक्षाकृत प्रचार–प्रसार गर्न नसकिएको बताएका छन् । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको सहकार्यमा मंगलबार आयोजित ‘बागमती प्रदेशभित्र रहेका पर्यटकीय गन्तव्यको खोजी गर्दै पर्यटन क्षेत्रको सम्भावना, चुनौती र भावी कार्यदिशा बारे अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले कानुनी अल्झनका कारण अपेक्षाकृत काम गर्न अप्ठ्यारो परेको गुनासो गरेका छन् । ‘संघीय ऐन तथा आईई समस्याका कारण होटलहरु दर्ता गर्न समस्या भएका छन् । समस्या उत्पन्न भएता पनि विकल्पसहित समस्या समाधान गर्नुपर्छ,’ उनले भने, ‘त्यसमा बागमती प्रदेश सरकार वार्ता, छलफल तथा सम्वाद गर्न जहिले पनि तयार रहेको छ । पर्यटन क्षेत्रको दिगो विकास र विस्तारको लागि व्यवसायीको साथसाथै जनता पनि जागरुक हुनुपर्छ, सहकार्य गर्नुपर्छ । नेपालमा चीन र भारतका नागरिकलाई धार्मिक पर्यटकको रुपमा मात्र भित्र्याउन सके आर्थिक समृद्धिमा ठूलो फड्का मार्न सकिन्छ । जसको लागि व्यवसायीले पनि सोही अनुसारको विश्वसनियता कायम गर्नुपर्छ ।’
बागमती प्रदेश सरकारबाट पर्यटन क्षेत्रको सम्भावना र भाविष्यको आधारको आगामीवर्ष ०८३/८४ का लागि चार करोड रुपैंया बजेट विनियोजन गरिएको जानकारी गराउँदै मन्त्री श्रेष्ठले व्यवसायी बलियो नभएसम्म प्रदेश सरकार बलियो हुन नसक्ने कुरामा आफु प्रष्ट रहेको उल्लेख गरेका छन् ।

कार्यक्रममा बागमती प्रदेश अन्तरगतका सांस्कृतिक, धार्मिक, भौगोलिकलगायतका पर्यटनका सम्भावना र पर्यटन क्षेत्रको दिगो विकासका बारेमा छलफल भएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रवन्धक सुमन घिमिरेले पर्यटन क्षेत्रको समस्या खडा गर्ने मात्र नभई समाधान बाटो अबलम्बन गर्नुपर्नेमा जोड दिए। पर्यटन क्षेत्रको विकास र विस्तारको लागि मार्केटिङ र ब्राण्डीङ गर्नु अपरिहार्य रहेको औंल्याउँदै उनले भने, ‘चालु आर्थिक वर्षमा नेपाल सरकारको आन्तरिक तथा बाह्य गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य बनाएको थियो । जसमा हालसम्म करिव १३ लाख आइसकेका छन् । जसमा ९१ हजारभन्दा बढी बाह्य रहेका छन् । भारतबाट २५-३० लाख आउने अपेक्षा गरिएको छ ।’ पर्यटन क्षेत्र नै राज्यको आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले कुल अर्थतन्त्रको २.५ प्रतिशत योगदान पर्यटन क्षेत्रले पुर्याएको दाबी गरे । आगामी दिनमा लाखमा नभई करोडमा पर्यटक भित्र्याउने लक्ष्य बनाई योजनाबद्ध रुपमा तीनवटै तहका सरकारहरु लाग्नुपर्नेमा जोड दिँदै उनले पर्यटन क्षेत्र देशको बहुमुल्य पुँजी भएको उल्लेख गरे। पर्यटन क्षेत्रमा प्राथमिकता, पूर्वाधार र प्रवद्र्धनमा तीनवटै तहका सरकारको समन्वय अपरिहार्य रहेको औंल्याए।

कार्यक्रममा होटल व्यवसायी महासंघ नेपाल बागमतीका अध्यक्ष दामोदर नेपालले पर्यटन क्षेत्र नै समृद्धिको आधार भएता पनि राज्यको नीति अपेक्षाकृत हुन नसकेको गुनासो गरेका छन् । सम्भावना र दृष्टिकोणलाई गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले राज्यका नेतृत्वको व्यवस्थापकीय क्षेत्रमा कमजोरि रहेको औंल्याएका छन्। ‘नेपाल पर्यटन क्षेत्रमा सम्भावनाको खानी हो । जसमा कृतिमभन्दा पनि प्राकृतिक क्षेत्रहरुको संरक्षण, सम्वर्द्धन तथा विकासमा विशेष जोड दिनुपर्छ । गाउँ गाउँका पर्यटकीय क्षेत्रको विकास अपरिहार्य रहेको छ । यसको विकासको लागि प्रविधिसँगै मिडियाकर्मीको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भने ।

होटल संघ नेपाल बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले लगानीकर्ताले पर्यटन व्यवसायमा लगानी गर्न चुनौती रहेको उल्लेख गर्दै देशको आर्थिक उन्नती गर्न होमस्टेको विकास गर्नुपर्नेमा जोड दिए । नयाँ गन्तव्यहरुको विकास गर्नुपर्नेमा जोड दिँदै उनले ग्रामिण पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य चाहना देखिएको बताएका छन्। ‘शहरी पर्यटनले अब धान्न सक्दैन । त्यसको लागि ग्रामिण क्षेत्रको पर्यटनको विकास र विस्तार गर्नुपर्छ । विदेशी पर्यटक भवन हेर्न नभई नेपालको ग्रामिण विकास र कला–संस्कृति हेर्न आउने गर्छन् । तसर्थः दिगो पर्यटन विकासको लागि ग्रामिण पर्यटन नीति सरकारले लिनुपर्छ । काठमाडौँमा आएका पर्यटक कम्तिमा एक हप्ता बस्ने वातावरण बनाउनुपर्छ’, उनले भने ।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्णहरी आचार्यले मध्यपुर नगरपालिकाले कला, पौराणीक तथा इतिहास बोकेको उल्लेख गरेका छन् ।बाहिरी पर्यटक भन्दा बढी आन्तरिक पर्यटकले देशको आर्थिक समृद्धिको ठूलो टेवा पुग्ने उल्लेख गर्दै उनले प्रकृति र संस्कृतिलाई जोड्ने तथा आध्यात्मिक केन्द्रलाई आधार बनाउने गरी आगामी दिनमा रणनीति बनाएर आगाडी बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन पोखरेल, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर बगे, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारलगायतले पर्यटन क्षेत्रको दिगो विकास, सम्भावना र चुनौतिहरु प्रस्तुत गरे । संस्थाका अध्यक्ष पेशलकुमार आचार्यको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत तथा सल्लाहकार दिवश गुरागाईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Mental Health Awaress
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन ४ महिनामै सम्पन्न

मकवानपुर , ३१ असार । बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक...

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु

भक्तपुर, ३१ असार । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयदेखि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा...

रौतहटमा पेट्रोल छर्केर एक युवाले गरे आत्मदाह प्रयास

काठमाडौं, ३१ असार । रौतहटमा पेट्रोल छर्केर एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नगरपालिका-९ गमरिया टोलका २८...

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा

भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८...