पाकिस्तानमा हिमपहिरोमा परी निर्मल पुर्जासहित १० आरोही सम्पर्कबिहीन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ साउन । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कबिहीन भएका छन्।
बिहीबार दिउँसोको हिमपहिरोमा परी पुर्जा नेतृत्वको १० सदस्यीय आरोहीको टोली सम्पर्कबिहीन भएको भनेर पाकिस्तानी मिडिया र केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्।
हिमपहिरोपछि अन्तर्राष्ट्रिय आरोही टोलीसँग उनीहरूको सम्पर्क विच्छेद भएको पाकिस्तानको पर्वतारोहरण सम्बन्धी संस्था अल्पाइन क्लब अफ पाकिस्तानलाई उद्धृत गरेर बिबिसीले लेखेको छ। कराकोरम पर्वतशृंखलाको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आरोहण गरिरहेको टोलीमा पाकिस्तान, अमेरिका, चीन, ओमान र नेपालका पर्वतारोही सहभागी रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
प्रारम्भिक विवरणअनुसार टोलीमा पाँच नेपाली, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र अन्य सदस्य रहेका छन्। टोलीका नेता पुर्जा हिमपहिरोपछि सम्पर्कविहीन भएको पनि बताइएको छ। पाकिस्तानको अल्पाइन क्लबले जारी गरेको विज्ञप्तिमा हिमपहिरोपछि सम्पूर्ण टोलीसँग सम्पर्क टुटेको उल्लेख गर्दै तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारी निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।
क्लबले मौसम र सञ्चालनसम्बन्धी अवस्थाअनुसार सकेसम्म छिटो हेलिकोप्टरसहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गर्ने प्रयास भइरहेको बताएको छ। ‘हामी सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौं। मौसम अनुकूल भए शुक्रबार बिहान पाकिस्तानी समयअनुसार हेलिकोप्टर उद्धारको व्यवस्था गर्ने प्रयास भइरहेको छ,’ अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैद्रीले बीबीसीसँग भनेका छन्।
क्लबले अर्को विज्ञप्तिमा सबै पर्वतारोहीको सकुशल उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता जनाएको छ।

ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो। कराकोरम पर्वतशृंखलामा रहेको यो हिमाल कठिन आरोहणका लागि परिचित मानिन्छ। ४२ वर्षीय नेपाली मूलका पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। पुर्जाले सन् २००३ मा बेलायती सेनामा प्रवेश गरेका थिए भने सन् २००९ मा रोयल मरिनमा आबद्ध भएका थिए। उनको पर्वतारोहण यात्रा सन् २०१२ मा एभरेस्ट आधार शिविरसम्मको यात्राबाट सुरु भएको थियो।
आधार शिविर पुगेपछि फर्कने योजना परिवर्तन गर्दै उनले त्यही वर्ष सगरमाथा आरोहण गर्ने निर्णय गरेका थिए।
सिएनएन र बिबिसीले उद्धार टोली मौसम अनुकूल हुनेबित्तिकै खोज तथा उद्धार अभियान अघि बढाउने तयारीमा रहेको बताएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...