जलेको कारको ड्राइभर सिटमा मृत भेटिए चालक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०५ साउन । कीर्तिपुरमा जलेको अवस्थामा भेटिएको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार कारको ड्राइभर सिटमै पुरुषको शव फेला परेको हो ।
शव पूर्णरुपमा जलेको भेटिएको र पहिचान हुन नसकेको एसपी भट्टराइको भनाइ छ । कीर्तिपुरको चाँदनीचोकस्थित एक खाली जग्गामा पार्किङ गरेको अवस्थामा कार जलेको छ ।
बा ५ च ३०३८ नम्बरको सेतो कार जलेको अवस्थामा फेला परेको हो । प्रहरीको अनुसन्धानका क्रममा कार पार्किङका लागि १० बजेर ४६ मिटनमा त्यहाँ पुगेको खुलेको छ ।
कार त्यहाँ पुगेपछि चालकभित्रबाट बाहिर नओर्लिभित्रबाट नै आगो लागेको देखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं, ०५ साउन । कीर्तिपुरमा जलेको व्यक्तिको परिचय खुलेको छ। मंगलबार कीर्तिपुर नगरपालिका-१ मा बा ५ च ३०३८...

गोंगबुको होटलमा युवती मृत फेला, हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौं, ०५ साउन । गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा...

विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर

काठमाडौं, ०५ साउन । सरकारको चौतर्फी विरोधपछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्कालका...

कपडाको स्वरूपमा ल्याएको ४ किलो २५८ ग्राम कोकेन सहित २ विदेशी पक्राउ

काठमाडौं, ०४ साउन । लिक्वीट कोकेनलाई सिलिकनमा मिसाई कपडाको आकार स्वरुपमा लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई...