पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ: अर्थमन्त्री वाग्ले

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ असार । अर्थमन्त्री स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अव ती वस्तुहरुको मूल्य पनि घटने बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर गरे । ‘मध्यपूर्वमा जुन समस्या देखियो । यसका कारण यो इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभोक्तालाई परेको भार घटाउन अर्थमन्त्री भएको दुई हप्ता भित्रै यो डिजेल, पेट्रोल र मट्टीतेल पैठारीमा लाग्ने भन्सार महसुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ । र अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो । अब टाइमल्याक त हुन्छ । क्रुड प्राइस त घटी नै सक्यो । तर त्यो प्रोसेस इन्धन हुँदै भारतीय आयल निगममार्फत हामीले जुन आयात गर्ने गरेका छौँ । त्यो एडजस्ट भएर नेपालमा आउन केही समय लाग्ला,’ उनले भने । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मलेसिया जाने श्रमिकसँग गैरकानूनी शुल्क लिएको आरोपमा चार जना पक्राउ

काठमाडौं, २९ असोज । मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम...

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...