भक्तपुर नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल वितरण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १४ असार । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरक्षेत्रभित्रका अपांगता भएका व्यक्तिहरूलाई झुल वितरण गरेको छ । झुल वितरण गर्दै अपांगता भएका व्यक्तिहरुको परिचपपत्र वितरण सम्बन्धी अस्थायी समन्वय समितिका संयोजक उप प्रमुख रजनी जोशीले संविधानले प्रत्याभूत गरेका अधिकारअनुसार नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य तथा आवश्यकतालाई ध्यानमा राख्दै नगरपालिकाले अपांगता सहायक सामग्री वितरण गरिँदै आएको बताइन्। केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त बजेट घट्दै गए पनि भक्तपुर नगरपालिकाले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गर्दै अपाङ्गता दिवसका अवसरमा विविध कार्यक्रम, खेलकुद, स्वास्थ्य शिविर तथा सर्वोत्तम पिठो वितरणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिइन् । साथै उनले पछिल्लो समय अटिजमको समस्या बढ्दै गएको भन्दै यसतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएकी छन्।

झुल वितरण कार्यक्रममा स्वागत गर्दै समितिका सदस्य एवं वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले वडाको सिफारिस तथा मागका आधारमा सहायक सामग्री वितरण गर्दै आएको चर्चा गर्नुहुदै नगरपालिकाले अपाङ्गता सम्बन्धी कार्यक्रमलाई वार्षिक कार्यक्रममा समावेश गरेको, सांकेतिक भाषा तालिम सञ्चालन तथा संविधानले सुनिश्चित गरेका अधिकार कार्यान्वयनका लागि निरन्तर काम गरिरहेको जानकारी दिए । कार्यक्रममा डा. रत्नसुन्दर लासिवाले वर्षायाममा डेंगु लगायत लामखुट्टेबाट सर्ने रोगको जोखिम बढ्ने भएकाले समयमै सचेत हुनुपर्ने बताएका छन्। अनावश्यक रसायनको प्रयोगबाट सावधानी अपनाउन, लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सहभागी हुन तथा रोग नियन्त्रणका लागि पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । डेंगुको जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...