काठमाडौं महानगरको ‘टोलटोलमा फिल्म महोत्सव’

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २७ जेठ । काठमाडौं महानगरपालिकाको ‘टोलटोलमा फिल्म महोत्सव’ हुन लागेको छ । ‘टोलटोलमा फिल्म महोत्सव’ कार्यक्रमले चलचित्र क्षेत्रका सबै विधालाई समुदायसँग जोड्ने  सम्पदा तथा पर्यटन समितिका संयोजक एवं फिल्म छनोट तथा कार्यक्रम मूल्याङ्कन समितिका संयोजक आशामान संगतले बताएका छन् । ‘फिल्मलाई मनोरञ्जनका रुपमा मात्र लिनु हुँदैन, यो मनोरञ्जनको माध्यम त हो नै । यस बाहेक शिक्षा, सूचना, सन्देश तथा जानकारीको संवाहक र रचनात्मक उद्योगको विकास गर्ने क्षेत्रका रुपमा परिचित गराउनु पर्ने बेला आएको छ,’ उनले भने ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याउन लागेको ‘टोलटोलमा फिल्म फेस्टिभल’ कार्यक्रमको अपेक्षित नतिजाका विषयमा कुरा गर्दै उनले भने, ‘फिल्म क्षेत्रलाई सम्मानित पेशाका रुपमा समुदायमा परिचित गराएर यसको विकास र विस्तारमा योगदान दिने लक्ष्य राखेका छौँ ।’ समुदाय स्तरमा फिल्म महोत्सवका कार्यक्रम सञ्चालन व्यवस्थापन गर्न महानगरपालिकाले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैर नाफामूलक संघसंस्थाहरु, युथ क्लब, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह, पुचःलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

महानगरपालिकाले उपलब्ध गराएको सर्त, सीमा तथा बन्देज, मिति र स्थानमा, महानगरपालिकाले नै उपलब्ध गराएका फिल्म र प्राविधिक साधन तथा उपकरणको प्रयोग गरेर निःशुल्क फिल्म प्रदर्शन गर्नुपर्नेछ । यसरी फिल्म देखाइने स्थानहरु परम्परागत टोल, वहाः, वही, चोक, ननी, एम्पीथियटर, पार्क जस्ता खुला स्थान हुनेछन् । यस प्रयोजनका लागि महानगरपालिकाले खुला प्रस्ताव आव्हान गरेको छ । जेठ २७ गते राति १२ बजे अगाडि इच्छुकले महानगरपालिकाको वेभ साइटमा दिइएको ठेगानाबाट प्रस्ताव दिन सक्नेछन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...