प्रधानमन्त्रीको भनाइमा परराष्ट्रमन्त्रीले दिए प्रष्टिकरण

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रहित विपरीतको अभिव्यक्तिलाई परराष्ट्रमन्त्री शिशिर खनालले सच्याएका छन्। शाहले जेठ १७ गते नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ भएको प्रष्टिकरण बुधबार खनालले दिएका हुन्। खनालले प्रष्टिकरण दिएसँगै विपक्षी दलहरुले प्रधानमन्त्री माफी माग्नुपर्ने अडान राख्दै अवरोध गरेको संसद खोलेका छन्। श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेर अवरोध जारी राखेको छ।
शाहले संसदमा भनेका थिए, ‘तपाईँहरूलाई थाहा पाउँदा अचम्म लाग्न सक्छ, प्रधानमन्त्री भएपछि मैले थाहा पाएको तथ्य भारतले मात्र नेपालको भूमि मिचेको छैन, कतिपय ठाउँमा नेपालले पनि भारतको भूमि मिचेको छ।’ प्रधानमन्त्रीको यो भनाइपछि विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृतिले संघीय संसदको दुवै सदन अवरोध गरेका थिए। प्रधानमन्त्रीको भनाइलाई परराष्ट्र मन्त्रालयले यसअघि दिएको प्रष्टिकरणलाई नै मन्त्री खनालले दोहोर्याए। उनले प्रधानमन्त्रीको भनाइको बचाउ गर्दै भूभाग नै कब्जा गरेको नभई सीमा क्षेत्रमा स्थानीय स्तरमा रहेको व्यावहारिक प्रयोग भएको बताए।

‘क्रस बोर्डर अकुपेसन’ र दशगजा क्षेत्रको अतिक्रमणलाई संकेत गरेको खनालले बताए। ‘नदीहरूलाई सिमाना मानिएको क्षेत्रमा नदीले धार परिवर्तन गर्दा प्राविधिक रूपमा सीमा यताउता परेको र जसका कारण एक देशका नागरिक झुक्किएर वा व्यावहारिक रूपमा अर्को देशको जग्गामा खेतीपाती वा बसोबास गर्न पुगेको तथ्यलाई प्रधानमन्त्रीले उल्लेख गर्नुभएको हो, परराष्ट्रमन्त्री खनालले भने। नेपाल भारतको सीमा विवाद समाधान गर्न बेलायतलाई अघि सार्ने प्रधानमन्त्रीको भनाइलाई पनि खनालले सच्याए। उनले तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको बताए। खनालले नेपालले यस मामिलामा कुनै तेस्रो पक्षको मध्यस्थता नखोजेको, बरु तत्कालीन ऐतिहासिक दस्तावेज र रेफरेन्स मेटेरियल्सु आवश्यक परेमा सहयोगी हुन सक्ने सम्भावनालाई प्रधानमन्त्रीले औंल्याएको जिकिर गरे।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...