गार्मेन्टमा आगलागी, ८ करोडको क्षति

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २७ जेठ । काठमाडौं टोखा नगरपालिका-०५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा विद्युत सर्ट भई आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीका अनुसार बुधबार बिहान अन्दाजी ०२:५२ बजे लागेको आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयबासी तथा अन्य निकायको सहयोगमा करिब ५:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।

आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ भने अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको काठमाडौं प्रहरीले जनाएको छ । साथै, लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको छ । घटनामा मानवीय क्षति भएको छैन भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना बन्द

काठमाडौं, ०५ असार । बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालीन रूपमा बन्द भएको छ। शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषले...

अमेरिको पुर्याइएका आकाश भैरवका ३४ वर्षपछि दोलखा फिर्ता

दोलखा, ०५ असार । ऐतिहासिक सम्पदा बस्ती दाेलखाबाट ३४ वर्षअघि चाेरी भएका ´हाथ्य देउ` अर्थात् आकाश भैरवका दुई थान मुकुट...

कक्षा १२ को नतिजा प्रकाशित

भक्तपुर, ०५ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परिक्षाफल प्रकाशित गरेको...

सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन: अर्थमन्त्री वाग्ले

काठमाडौं, ०५ असार । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुकुम्बासी बस्तीमा डोजर लगाई हटाउने कार्यमा नेपाली सेना प्रयोग नभएको बताएका...