टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० चैत । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सामाजिक सञ्जालमा सक्रिय तुलसा कलेक्सनको नामले चर्चित भएकी टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । बिहीबार जिल्ला अदालत ललितपुरमा हुण्डीबाट पठाई र पठाउन लगाई सम्पत्ति शुद्धीकरणको कार्य गरेको दाबी गर्दै अभियोगपत्र दर्ता गरेको हो ।

हुन्डीसम्बन्धी कसूरसमेतका सम्बद्ध कसूरबाट आर्जित  सम्पत्तिको गैरकानुनी स्रोतको रूपान्तरण, हस्तान्तरण तथा कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, कारोबार अधिकार र स्वामित्व बदल्ने एवं लुकाउनेलगायतका कार्य गरी २१ करोड १२ लाख २० हजार ४ सय ६ बिगो कायम गरी  सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन,२०६४ (संशोधन सहित) को दफा ३ को उपदफअनुसार सजाय माग गरिएको छ ।

अधिकारीसहित सपना वली, निलिका लामिछाने, प्रेमनाथ बस्याल, प्रयास पोखरेल र गंगा अधिकारी सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको छ । अधिकारीसँग ६ करोड ५२ लाख २९ हजारबराबर क्षतिपूर्ति पनि मागदाबी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

९ बुँदे सहमतिपछि मिटरब्याज विरुद्धको आन्दोलन स्थगित

काठमाडौं, ०२ साउन । ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित...

आश्रम आश्रित बालबालिकाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं, ०२ साउन । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौंबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरुको उपचारका...

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...