पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २० चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर पेट्रोलको मूल्य २ सय २ रूपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।
१ चैतमा १५ रूपैयाँले बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १७२ र डिजेल-मट्टितेलको मूल्य १५२ रूपैयाँ पुर्‍याएको थियो । १२ चैतमा फेरि १५ रुपैयाँ बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १८७ रूपैयाँ र डिजेल-मट्टितेलको मूल्य १६७ रूपैयाँ पुर्‍याएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...