अनलाइन मार्फत वेश्यावृत्तिमा लगाउने पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १९ चैत । विदेशमा बसेर नेपालमा वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची शितगंगा नगरपालिका-५ का ३० वर्षीय शिवबहादुर सारू छन् । उनी एकवर्ष पछि पक्राउ परेका हुन्।

साउदी अरबबाट फ्लाई दुबईको उडानमार्फत नेपाल फर्किएका सारू बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। विमानस्थलको समन्वयमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो।

उनले नेपालमा एक नाजुक अवस्थामा रहेकी महिलालाई अनलाइन माध्यम (ह्वाटस् एप)मा फोन तथा एसएमएस गरेर वेश्यावृत्तिमा लगाउने कार्य गरेको ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले जानकारी दिए। जबरजस्ती वेश्यावृत्तिमा लगाएको अवस्थामा एक महिलालाई २०८१ सालको कात्तिक १२ गते प्रहरीले उद्धार गरेको थियो। सारूले २०८१ सालकै असोजदेखि ती महिलालाई ग्राहक खोज्दै आर्थिक प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सारूले वेश्यावृत्तिमा लगाएर एक ग्राहकबाट आठ देखि २० हजारसम्म लिने गरेका थिए। नाजुक अवस्थाकी ती महिलालाई उद्धार गरेपछि प्रहरीले अनुसन्धान गर्दा आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको खुलेको सूचना अधिकारी लिम्बुले बताए। सारूमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...