ललितपुर, २३ फागुन । ललितपुर-३ बाट रास्वपाकी तोसीमा कार्की विजयी भएकी छन् । कार्की ललितपुर-३ बाट दोस्रो पटक सांसद निर्वाचित भएकी हुन् । उनले कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठलाई ३४ हजार ५३ मतान्तरले पराजित गरेकी हुन् ।
कार्कीले ४३ हजार ९६ मत ल्याउँदा श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत ल्याए । कार्की यसअघि स्वास्थ्य राज्यमन्त्रीसमेत बनेकी थिइन् ।




