४९ हजार ६१४ मतान्तरसहित झापा ५ मा बालेन्द्र शाह विजयी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ झापा क्षेत्र नम्बर ५ बाट ४९ हजार ६१४ मतान्तरसहित रास्वपाका बालेन्द्र शाह (बालेन) विजयी भएका छन् । ओलीलाई उनले ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए ।

रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पनि झापा-५ मा धेरैको चासो थियो । काठमाडौं महानगरपालिकाका पूर्व-नगरप्रमुख शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा थिए । शाह रास्वपाका वरिष्ठ नेता हुन् ।
ओली ०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । त्यतिबेला ओलीले ५२ हजार ३ सय १९ मत पाउँदा अधिकारीले २३ हजार ७ सय ४३ मत मात्रै ल्याएका थिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...