हरिसिद्धीमा इँटाभट्टाको वाल भत्किँदा एक मजदुरको मृत्यु, चार जना घाइते

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, ८ चैत । ललितपुर हरिसिद्धीको इँटाभट्टाको वाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा काम गर्ने महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार रूकुम घर भई त्यहाँ काम गर्ने ५५ वर्षीया तिल्सरी खड्काको उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, चार जना घाइते समेत भएका छन्। उनीहरूलाई उपचारको लागि ठैबस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो । सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाको ४६ वर्षीय नन्दकुमारी मगर र दाङका १९ वर्षीया सुमा कुमालको उपचार जारी छ। रूकुमकै २७ वर्षीया जानकी चन्दको उपचारका लागि मोडल अस्पतालमा लगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...