भक्तपुर, २२ फागुन । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाकाका प्रेम सुवाल ३ हजार ९२० मतान्तरले पछि परेको छ । नेमकिपाकाे गढका रुपमा रहेको भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जितले फराकिलो १६ हजार ३५ मत सहित अग्रता लिएका छन् भने, नेमकिपाका प्रेम सुवालले ११ हजार १५० मत प्राप्त गरेका छन् ।
त्यस्तै, यस क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले २ हजार ४१५ मत, नेकपा एमालेका सोमप्रसाद मिश्रले १ हजार ८४२ मत, राप्रपाका भरत बहादुुर खड्काले ६८८ मत ल्याए। यस क्षेत्रमा ७८ हजार २७२ मत खसेको छ ।




