हेरिटेज नेपाल न्यूज

काठमाडौं ६ मा रास्वपाका शिशिर खनाल विजयी

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २२ फागुन । काठमाडौं क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार खनालले २७ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।
२०७९ मा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण बानियाँ ‘सबुज’ ले ६ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अमन मास्के ४ हजार ३ सय ७३ मतसहित तेस्रो भएका छन् । केही समय उनी शिक्षामन्त्रीसमेत बनेका थिए ।
काठमाडौं-६ मा ४३ हजार ८ सय ६८ मत खसेको थियो । निर्वाचन आयोगले भने औपचारिक घोषणा गरेको छैन ।
२०७९ मा तत्कालीन सत्ताधारी गठबन्धनका भीमसेनदास प्रधान र प्रमुख प्रतिपक्षी दल एमालेका सर्वेन्द्र खनालसँग चुनावी प्रतिस्पर्धा गरेका खनाल ५ हजार २ सय ९३ मतान्तरमा विजयी भएका हुन् । उनले १४ हजार २ सय ४ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत ल्याएका थिए । कांग्रेसका प्रधानले ८ हजार ८ सय ५ मत प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

काठमाडौं ३ मा रास्वपाका राजु पाण्डे विजयी

काठमाडौं, २२ फागुन । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे १८ हजार ७५७ मत सहित...

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं, २२ फागुन । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ दोस्रो पटक विजयी भएका...

भक्तपुर २ मा राजिब खत्रीको ११ हजार मतान्तरसहित अग्रता

भक्तपुर, २२ फागुन । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत १० हजार ९९२ मतान्तरले...

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल ३ हजार ९ सय भन्दाबढी मतान्तरले पछाडि

भक्तपुर, २२  फागुन । भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपाकाका प्रेम सुवाल ३ हजार ९२० मतान्तरले पछि परेको...