भक्तपुर १ र २ दुवै क्षेत्रमा दोब्बर मतान्तरसहित रास्वपाको अग्रता

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २२  फागुन । भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रमा दोब्बर मतान्तरसहित रास्वपाले अग्रता लिएको छ । नेमकिपाकाे गढ भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जितले ६ हजार ६७२ मत सहित अग्रता लिएका छन् भने, नेमकिपाका प्रेम सुवालले ३ हजार ४६३ मत प्राप्त गरेका छन् । उनीहरुको मतान्तर ३ हजार २०९ रहेको छ ।
यस क्षेत्रमा कांग्रेसका किरण न्यौपानेले १ हजार १३२ मत, नेकपा एमालेका सोमप्रसाद मिश्रले ५७६ मत, राप्रपाका भरत बहादुुर खड्काले ३९३ मत पाएका छन् । उक्त क्षेत्रमा ७८ हजार २७२ मत खसेको छ ।

त्यसैगरी, भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार राजीव खत्रीले २ हजार २२९ मतान्तरसहित अग्रता लिएका छन् । खत्रीले ४ हजार ४८  मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बस्नेतले १ हजार ८१९ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेस उम्मेदवार कबिर रानाले ८२६, नेकपाका रामप्रसाद सापकोटाले १२१, नेमकिपाका रमेश वैद्यले १८७, राप्रपाका विक्रम थापाले १०६, श्रम संकृति पार्टीका अर्जुन बासुले १०० र उज्यालो नेपाल पार्टीका जित राम लामाले ८६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ७२ हजार ५ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

खैरो हेरोईन २७५ ग्राम र पेस्तोल सहित पक्राउ

काठमाडौं, १० वैशाख । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले लागूऔषध खैरो हेरोईन २७५ ग्राम र पेस्तोल सहित...

प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने सरकारको निर्णय

काठमाडौं, १० वैशाख । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तण नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको...

रातो मत्स्येन्द्रनाथको रथ मंगलबार पुर्‍याइयो

काठमाडौं, १० वैशाख । वर्षा र सहकालका देवता भनेर पुजिने रातो मत्स्येन्द्रनाथको रथ गाबहालबाट तानेर मंगलबजार पुर्‍याइएको छ...

काठमाडौं महानगरमा ८ सय प्राथमिक उपचारकर्ता जनशक्ति

काठमाडौं, १० वैशाख । काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता...